हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर गरेको रिट निवेदनको पेशी माघ २४ गते मङ्गलवारलाई तोकिएको निवेदक त्रिपाठीले जानकारी दिए ।

रिटमा निवेदकले विशेषज्ञहरूको उच्चस्तरीय समिति गठन गरी उड्डयन क्षेत्रसँग विद्यमान कानुन, नियम, सुरक्षा मापदण्डहरूको पुनरावलोकन गर्न माग गरेका छन् । त्यस्तै विशेषज्ञ समितिको सिफारिस बमोजिम हवाई यातायातको सञ्चालन सम्बन्धी  विद्यमान कानुन, नीति एव हवाई सुरक्षा मापदण्डहरूको संशोधन एव परिमार्जन गर्नुपर्ने निवेदकको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस