कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको छ : मुख्यमन्त्री शर्मा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको छ : मुख्यमन्त्री शर्मा


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा समृद्धिको यात्रा थालनी भइसकेको बताएका छन् । 

वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब कर्णालीमा विकास र समृद्धि हुने बताए । शर्माले अगाडि भने,‘ यहाँको गरिबी, कुसंस्कारका विरुद्ध मैदानमा उत्रिने छन् र हामी त्यसको अगुवाइ गर्नेछौँ ।’ 

शर्माले अवस्था परिवर्तनका लागि चाहिएका नीति, कार्यक्रमहरू संविधानको स्प्रिडमा अघि बढ्ने बताए ।  ‘कर्णालीमा आर्थिक समृद्धि, आर्थिक सम्पन्नता र रोजगार चाहिएको छ,’ उनले भने, ‘आर्थिक सम्पन्नता भनेको सुखको कुरा हो, सुख मात्र भएर पुग्दैन, खुसी पनि चाहिएको छ ।’  शर्माले समृद्धिको अभियानमा शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भन्ने मूल नारालाई समेटेर प्रदेश सरकार अघि बढ्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस