‘बाबुराम र रामचन्द्र राष्ट्रपतिका लागि उपयुक्त पात्र होइनन्’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘बाबुराम र रामचन्द्र राष्ट्रपतिका लागि उपयुक्त पात्र होइनन्’


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भट्टराई छेपारोले भन्दा बढी रङ्ग फेर्दै हिँड्ने नेता भएको टिप्पणी गरेका छन्। त्यस्ता नेतालाई राष्ट्रपति बनाएर देशको हित नहुने उनको भनाई थियो।  

पार्टी निकटको नेपाल क्रान्तिकारी किसान सङ्घ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले अहिले माओवादीबाट बाबुराम भटराई र काँग्रेसबाट रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवार हुने भनी नाम बाहिर आइरहेको बताए। उनले यी दुवै नेता राष्ट्रपतिका लागि उपयुक्त पात्र नभएको उनले बताए। 

कम्युनिस्ट सिद्धान्तबाट बाहिर आएका बाबुराम कम्युनिस्ट सिद्धान्त छोड्दै पार्टी फेर्दै हिँड्ने नेता भएको हामी सबैलाई थाहा छ, उनले भने, रामचन्द्र पौडेल गृहमन्त्री हुँदा केके काम गरे त्यो पनि हामी सबै जनतालाई थाहा छ।  

उनले पछिल्लो संघीय संसदमा निर्वाचित एकजना सांसद निलम्बनमा परेको र अर्का एक सांसद हालै मात्रै जेल पुगेको स्मरण गरे। त्यस्ता बदमास नेताहरू ठूल्ठूला पदहरूमा पुग्दै जानु चिन्ताको विषय भएको उनले बताए।  

Tags :
प्रतिक्रिया दिनुहोस