शिक्षामा सुधारसहित समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षामा सुधारसहित समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री


२० माघ २०७९, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । 

शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्रीले भने,“शिक्षा क्षेत्रमा ठिक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ। समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो” प्रधानमन्त्रीले अगाडी थपे, “शिक्षालाई प्राथमिकता नदिईकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्त्वपूर्ण क्षेत्र हो।”

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ग लगायतले सम्बोधन गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस