मलेसियाका गृहमन्त्री काठमाडौँमा, यस्तो छ भेटघाट तालिका  « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मलेसियाका गृहमन्त्री काठमाडौँमा, यस्तो छ भेटघाट तालिका 


१९ माघ २०७९, बिहिबार


fuddin_nasustion

काठमाडौँ । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा उच्चस्तरीय टोली तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेको छ ।

इजमाइलको विशेष विमान बिहीबार राति त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न इजमाइलको नेतृत्वमा उच्चस्तरीय टोली आएको हो । गृहमन्त्री इजमाइलले गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भइसकेको छ ।

नेपाली राजदूत डिल्लीप्रसाद पौडेलका अनसुार मलेसियाका लागि १५ वटा श्रोत देश जाने क्रममा पहिलो भ्रमण नेपालबाट गर्न लागिएको हो । मलेसियाले नेपाल, बङ्गलादेशसहित १५ देशबाट कामदार लैजाने गरेको छ । उक्त टोली शनिबार दिउँसो बङ्गलादेशको ढाका प्रस्थान गर्नेछ ।

मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै श्रोत देशबाट तुरुन्तै कामदार ल्याउने भन्दै ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ नीति ल्याएपछि मलेसियाले श्रोत देश पुग्ने नीति ल्याएको हो । 

मलेसियाले औपचारिक क्षेत्रसँग घरेलु कामदारसमेत पठाउन नेपालसँग लबिङ गर्ने योजना बनाएको छ । मलेसियाले नेपाललाई लगातार घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो । नेपालसँगको संवादपछि मलेसियाको टोलीले अर्को प्रमुख श्रोत देश बङ्गलादेशका पनि उच्च अधिकारीसमक्ष भेटवार्ता गर्नेछ । राजदूत पौडेलले यो भ्रमणलाई नेपालले रणनीतिक रूपमा बुझ्नुपर्ने बताएका छन् ।

गृहमन्त्रीले शुक्रबार मध्याह्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालसँग लन्च मिटिङ गर्ने तय भएको छ । यो बैठकमा नेपालले श्रम सम्झौता कार्यान्वयनको लागि बाधा परेको विषयलाई सम्बोधन गर्न दुई देशबीचका अधिकारीहरूको संयुक्त बैठक निश्चित गर्ने एजेण्डा राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस