सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ  : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ  : प्रधानमन्त्री प्रचण्ड


१८ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुधवार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन । 

प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाको हक बारे केही महत्त्वपूर्ण योगदान गरेको स्मरण पनि गर्दै उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप  बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रूपले जोडिएको छ । जतिधेरै जनताका सू-सूचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसङ्गतिलाई रोकथाम गर्न सकिन्छ ।’

उनले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहीनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्ने बताए । 

‘जतिधेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यति धेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ, ’ उनको भनाई छ । सो अवसरमा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरू रत्नप्रसाद मैनाली र कमला ओली थापा सहित आयोगका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस