काँग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । काँग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दै छ ।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ ।

काँग्रेस उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुङ्गो लगाउनेछ । उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गङ्गा बेल्बासेको नाम चर्चामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस