२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री कसलाई बनाउने भन्ने प्रधानमन्त्रीको अधिकार हो : देव गुरुङ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

‘(गृहमन्त्री कसलाई बनाउने) दबाब दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो’ बुधबार प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले भने ।

अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि महासचिव गुरुङ बताउँछन् । ‘विकल्प खोज्ने हो । पात्र फेर्नुपर्‍यो । मन्त्रालय फेर्नुपर्‍यो’ महासचिव गुरुङले दोहोर्‍याए, ‘(गृहमन्त्रीका विषयमा) छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो ।’

सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए । त्यसपछि रविले प्रक्रिया पुर्‍याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको भेटबारे प्रधानमन्त्री प्रचण्डले बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई ब्रिफिङ गरेका छन् ।

ब्रिफिङपछि माओवादीका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका हुन् ।

सरकार बनाउँदा रास्वपाले गृह मन्त्रालय पाएको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिएको उनको तर्क छ । गृहमन्त्री बनाउँदा कानुन र संविधानको भावनालाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

रवि लामिछानेलाई गैर सांसदको रूपमै भए पनि गृहमन्त्री बनाउनुपर्ने राय दिनेहरूलाई उनको जवाफ छ, ‘कानुन संविधानको भावना हेर्नुपर्‍यो । अदालतमा पुगेको विषय पर्‍यो । मन्त्रालय फेर्ने कुरा भएको भए कुरा एउटा हुन्थ्यो । अदालतको विषयमा सरकारले केही गर्ने कुरा भएन ।’

प्रतिक्रिया दिनुहोस