चालू पुँजी कर्जा निर्देशनले उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो : गभर्नर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चालू पुँजी कर्जा निर्देशनले उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो : गभर्नर


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले उद्योगी व्यवसायीहरूलाई जोगाउने बताएका छन् ।

मङ्गलवार राजधानीमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घको २६ओ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निर्देशनले कर्जाको गलत प्रयोग हुनबाट बचाएको बताए ।

गभर्नर अधिकारीले भने, ‘चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले अन्ततः उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो । यसले फाइनान्सियल मिस युज हुनबाट रोक्दैछ, उनले भने,‘निर्देशनले स्वयं ऋणीलाई जोखिमबाट बचाउने हो ।’

अन्धाधुन्ध चालुपुँजी कर्जाको प्रयोग हुँदा ऋणी जोखिममा पर्ने र बैङ्कहरूको लगानीलाई समेत व्यवस्थित गर्न यस्तो कार्य नीति लिनुपरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस