२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिने अभियान चलाउँदै माओवादी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सङ्गठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ । पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा सङ्गठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरेका हुन् । 

‘अब तीन महिने कार्यक्रम बनाएर सबै केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनका नेता र पार्टी सदस्यहरू जनताको बीचमा जाने भन्ने प्रस्ताव गरिएको छ । तीन महिनासम्म जनताकै बीचमा जाने, जनताका विकास निर्माण तथा योजनाका काम गर्ने र जनताको दुख सुखसँग साझेदारी भई काम गर्नुपर्ने छ,’ पार्टी सचिव दिनानाथ शर्माले भने, ‘जनताकै बीचमा आटो मिठो खाने, ढिँडो फाँडो खाएर काम गर्ने भन्ने छ । यतै काठमाडौँ  सिंहदरवार र मन्त्रालय धाउने होइन । सदरमुकाम पनि बस्ने होइन गाउँमै बसेर सङ्गठन निर्माणमा लाग्ने भन्ने छ ।’ 

अब सबै केन्द्रीय सदस्यहरू गाउँमै बसेर जनताका काममा जोडिनु पर्ने प्रस्ताव गरिएको शर्माले बताए । केन्द्रीय सदस्यहरूले थानकोट काटेर काठमाडौँ पस्न समेत नपाइने उनले बताए । सरकारका काम कारबाहीलाई जनतासँग जोडेर काम गर्न नेताहरू परिचालन हुनुपर्ने भएको छ । पार्टीका अधिकांश नेताहरू काठमाडौँ र सदरमुकाम मात्रै बस्दा सङ्गठन बिग्रेको निष्कर्ष निकाल्दै माओवादीले तीन महिने अभियान चलाउन लागेको हो ।

महासचिव गुरुङले संगठनिक कार्ययोजनासहित सबै रिपोट तयार गरी सकेका छन् । पार्टी संगठनिक योजनासहितको रिपोट बुधबार पदाधिकारी बैठकबाट फाइनल गरेर स्थायी समिति बैठकबाट अनुमोदन हुने भएको छ । पार्टी नेताको कार्य विभाजन र संगठनिक योजनाका विषयमा स्थायी समितिबाट निर्णय हुने शर्माले बताए । 

पार्टीको पोलिटब्युरो र केन्द्रीय समितिलाई समेत पूर्णता दिने माओवादीले तयारी गरेको छ । पार्टीको सङ्गठन विभाग, स्कुल विभागसहित ३० भन्दा बढी विभागको नेतृत्व समेत फाइनल हुने भएको छ ।