प्रचण्डले सकारात्मक जवाफ नदिएपछि आन्तरिक छलफलमा रवि « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रचण्डले सकारात्मक जवाफ नदिएपछि आन्तरिक छलफलमा रवि


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएका छैनन् । प्रचण्डले मङ्गलवार बालुवाटारमा भएको भेटवार्तामा रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ ।

आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् । सभापतिले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल थालेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टीभित्र छलफलका आधारमा आवश्यक निर्णय लिइनेछ । उनका अनुसार सरकारमा रहिरहने या बाहिरिने भन्नेमा आवश्यक निर्णय हुनेछ ।

सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पनि सभापतिले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरूसँग छलफल गरिरहेका छन् । आज बिहानमात्रै पनि प्रधानमन्त्री प्रचण्डसँग सभापतिले छलफल गरेको बताउँदै उनले पार्टीको निर्णयमा कुनै दायाँबायाँ नहुने बताए । उनले सत्ता साझेदार दललाई माग पुरा गर्नका लागि कुनै अल्टिमेटम भने नदिइएको उनको भनाइ छ ।

तर प्रचण्डले लामिछानेलाई मङ्गलवारको छलफलमा सकारात्मक जवाफ दिएका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस