प्रहरी सहायक निरीक्षक साउँदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

प्रहरी सहायक निरीक्षक साउँदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर 


१६ माघ २०७९, सोमबार


डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा तालिमरत प्रहरी सहायक निरीक्षक दल बहादुर साउँदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रहरी चौकी गाजरी बैतडीमा दरबन्दी रहेका साउँदलाई आज बिहान ब्लड प्रेसर हाई हुँदा थप उपचारको लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । 

प्रहरी सहायक निरीक्षक साउँदलाई हृदयघात भएको हुँदा डोटीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल डोटीका एमबिबिएस डाक्टर प्रकाश ठकुल्लाले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस