महाकालीमा फसेका २० मजदुरको उद्धार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महाकालीमा फसेका २० मजदुरको उद्धार


१६ माघ २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुर स्थित महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरिएको छ।

भारतीय प्रहरीले एक्कासी वनबासा पुलको ढोका खोलेपछि महाकाली नदीको बहाव बढ्दा नदीमा चालकसहित मजदुर फसेका थिए।

महाकाली नदीबाट नदीजन्य वस्तु सङ्कलनका लागि गएका ८ चालकसहित २० जना मजदुर नदीका फसेका थिए। भीमदत्त नगरपालिका-११ भुजेला स्थित महाकाली नदीमा फसेका २० जना मजदुरको कञ्चनपुर प्रहरीले सोमबार दिउसो उद्धार गरेको हो।

महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरहरू वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव अचानक बढ्न गएर नदीको बीच भागमा डुबेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले ८ जना ट्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको भन्ने खबर कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि सकुशल उद्धार गरिएको बताए।

वनबासा ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्याक्टर, ट्याक्टर चालक र २० जना मजदुरलाई सकुशल उद्धार गरिएको उनले जानकारी गराए। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले महालीमा फसेका मजदुरहरूको उद्धार गरेको हो । कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

नेपाली प्रशासनलाई कुनै जानकारी नदिई भारतीय पक्षले ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव बढेर ट्याक्टरसहित मानिस फसेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस