सहिदहरुको सम्मानमा प्रधानमन्त्रीद्वारा पुष्पगुच्छा अर्पण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सहिदहरुको सम्मानमा प्रधानमन्त्रीद्वारा पुष्पगुच्छा अर्पण


१६ माघ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार बिहान लैनचौरस्थित सहिद स्मारक पार्क पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प गुच्छा तथा सम्मान अर्पन गरेका हुन् ।

प्रधानमन्त्रीसँगै मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीले शहीद स्मारक लैनचौर पुगी शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

विसं १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनर्स्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् ।

ती वीर समपूतहरुको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न प्रत्येक वर्ष माघ १० देखि १६ गते सम्म सहिद दिवस मनाइने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस