२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट प्रशिक्षण स्थल बनाउन प्रयासरत छौँ : एसएसपी चन्द

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रलाई उत्कृष्ट प्रशिक्षण स्थल बनाउन प्रयासरत रहेको बताएका छन् ।

देशका विभिन्न स्थानहरूमा प्रहरीहरूलाई प्रशिक्षण गर्न तालिम केन्द्रहरू रहेका छन् । ती मध्य सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल पनि एक प्रशिक्षण स्थल नै हो ।

तालिम केन्द्रमा नयाँ प्रबेसी जवानहरूलाई प्रहरी बनाउन आवश्यक ज्ञान सीप र प्रहरी भइसकेकाहरूलाई थप ज्ञान, सिप दिने गरिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रले पनि सोही अनुरूप प्रशिक्षणको कार्यलाई निरन्तरता दिँदै आइरहेको एसएसपी चन्दले बताए ।

उनले भने तालिम केन्द्रको मुख्य काम नै विभिन्न दर्जाका प्रहरीहरूलाई विभिन्न विधामा प्रशिक्षण गर्ने हो । दिपायल तालिम केन्द्रले प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक, जुनियर अफिसर दर्जा र प्रहरी जवान तथा प्रहरी हवल्दार दर्जालाई विभिन्न विषय बस्तुमा तालिम सञ्चालन भइरहेको बताए ।

हाल प्रदेश प्रहरी तालिम केन्द्र अन्तर्गत बुडर तालिम केन्द्रमा १ सय जना र दिपायल तालिम केन्द्रमा १ सय ९९ जना गरी २ सय ९९ जनाले आधारभूत प्रहरी तालिम गरिरहेका छन् । त्यस्तै ४९ जना प्रहरी सहायक निरीक्षकले एडभान्स तहको तालिम, ३० जनालाई अपराध अनुसन्धान सम्बन्धी तालिम र प्रहरी जवान तथा प्रहरी हवल्दारहरुलाइ सुरक्षा सम्बन्धी गरी चार समूहमा तालिम सञ्चालन भइरहेको समेत एसएसपी चन्दले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र सबै श्रोत साधनले पूर्ण हुन सकेको छैन । तालिम केन्द्र सँग भएको स्रोत साधनको पूर्ण उपभोग गर्दै तालिमलाई थप प्रभावकारी बनाउन लागिरहेको एसएसपी चन्दले बताए । २०४९ साल देखि प्रहरीलाई तालिम दिन सुरु गरेको दिपायल तालिम केन्द्रले आफू सँग भएको स्रोत साधनको सदुपयोगमा तालिम सञ्चालन गरिरहेको छ ।

एसएसपी चन्दले भने पछिल्लो समयमा क्रमिक रूपमा सुधार भई महिला प्रहरीका लागि करिब ३ सय जना अट्न मिल्ने भवन बनेको छ विकास क्रमिक रूपमा हुन्छ, भइरहेको छ । तालिम केन्द्रमा तालिम दिइने जनशक्तिको आधारमा भौतिक पूर्वाधार, खानेपानी र शौचालयको थप व्यवस्था गर्न सके तालिम अझ थप सहजरुपमा प्रशिक्षण दिन सकिने बताए । सङ्गठनको उद्देश्य परिपूर्ति गर्नको लागि तालिम केन्द्रमा रहेका गुरुवा प्रशिक्षक, मातहतका कर्मचारीहरूले भरपुर प्रयास गरिरहेका र प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाइने समेत एसएसपी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस