कर छली गर्ने डेढ दर्जन पसल विभागको कारबाहीमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर छली गर्ने डेढ दर्जन पसल विभागको कारबाहीमा


१५ माघ २०७९, आइतबार


काठमाडौँ । आन्तरिक राजस्व विभागले कर छली गर्ने डेढ दर्जन पसल र सञ्चालकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

१५ माघसम्म १८ लाख रुपैयाँ बिगो बराबरको अवैध मदिरा, चोरी पैठारीको मदिरा, नक्कली अन्तःशुल्क टिकट प्रयोग भएको मदिरा, सुर्तीजन्य पदार्थ र अन्तःशुल्क जन्य बरामद भएको विभागले जनाएको छ । यस्तो कसुरमा संलग्न व्यक्ति तथा फर्मको पहिचान गर्न र कारबाही गरी राजस्व नियन्त्रणमा देशभरका राजस्व कार्यालय सक्रिय रहेको समेत विभागले जनाएको छ ।

विभागले यस्तो कसुरमा संलग्न रहेका जानकारी भए विभाग र कार्यालयमा जानकारी गराउन समेत भनेको छ ।

विभागका अनुसार फिदिम, दमक र भद्रपुरबाट बिलविजक बेगरका भारतीय ब्राण्डका अन्तःशुल्क जन्य वस्तु, मदिरा, खैनी, बिँडी, सुर्तीलगायत बरामद भएको छ ।

काठमाडौँको महाराजगंज र ललितपुरबाट चिनियाँ अवैध मदिरा बरामद भएको छ । पोखराका विभिन्न पसलमा विदेशी मदिराको अनुमति नलिई कारोबार भएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस