अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड


१५ माघ २०७९, आइतबार


काठमाडौँ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएको छ।

आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो।

यसअघि म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरूमा लगेर पूजा, अर्चना गरिएको थियो। देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्या पुर्‍याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहितले बताए।

भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो। भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन्।

भारत पठाउन लागिएका शिलाको पूजा, आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरूको भीड रहेको छ।

जनकपुरधामवासीहरू शिलाको पूजाका लागि उपस्थित भई रमाइलो गरिरहेका छन्। नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरू खुसी भएको जनकपुरधामवासीहरू बताउँछन्।

यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरूको विश्वास छ। शिला बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ। 

शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस