भीरमा लागेको आगोले जलेर किशोरको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भीरमा लागेको आगोले जलेर किशोरको मृत्यु


१४ माघ २०७९, शनिबार


ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक किशोरको मृत्यु भएको छ ।

साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका किशोर राईको जलेर मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस