सङ्घीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन महासचिव गौतमको आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सङ्घीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन महासचिव गौतमको आग्रह


१४ माघ २०७९, शनिबार


काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सङ्घीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय सङ्घीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै सङ्घीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरूलाई आग्रह गरे।

उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे। महासचिव गौतमले सङ्घीयतामाथि प्रश्न उठाउँदै जाने हो भने सबै ठुलो सङ्कटमा पर्ने बताए। सङ्घीयतालाई जति ठुलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको बताए।

‘सङ्घीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौ भनेका छौँ, यसमा म अप्रेशनल कुरा देख्छु। अब सङ्घीयतालाई फेरि अर्को क्वेशन गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ? सकौँला ? हामी सधैँ १०–१५ वर्षमा कन्स्टिट्युशन फेर्दै जाने ?,’ उनले प्रश्न गरे,‘ हामीले जाने बाटोमा अब फेरि सङ्घीयतालाई ब्याक गरेर हामीले हेरौँ न, त्यो सङ्घीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरू के हुन्छन् ? हामी निकै नै ठुलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ। सङ्घीयतालाई झनै ठुलो विषय बनाए हामी झनै फस्छौँ।’

यस्तै फरक प्रसङ्गमा उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्ने कुरा अदालतले फैसला गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस