२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा शुभेच्छुकहरूले मेरो पनि चर्चा चलाएका छन् : बाबुराम भट्टराई

अ+ अ-

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् ।

शनिबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन् ।

‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔँ । नभए कमसेकम देशको अभिभावकको रूपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔँ।भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन’ उनले भने ।

राष्ट्रपतिमा तपाईँको पनि नाम आएको छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले शुभेच्छुकहरूले नाम लिएको बताए ।

‘मलाई के लाग्छ भने शासकीय स्वरूप र निर्वाचन प्रणाली नबदलिएसम्म अस्थिरताको खतरा हुन्छ, त्यसैले राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवी गरेको छु’ उनले भने, ‘सायद त्यसैमा आधारित भएर होला कतिपय शुभेच्छुकले पनि एउटा पात्र हुन सक्छु भन्ने चर्चा चलाउनुभएको छ, म आफैँले त्यसबारे बोल्नु समय भन्दा अगाडि हुन्छ ।’

अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको सङ्केत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

उनले भने, ‘विडम्बनाका कारण के देखियो भने एउटा गठबन्धन बनाएर निर्वाचन लड्यौँ सरकार बन्ने बेला अर्को गठबन्धन र विभिन्न मुद्दाहरूमा समीकरण फेरिरहने जन परिस्थिति आएको छ । यसले राष्ट्रपतिजस्तो देशको एकताको प्रतीक संविधानको रक्षक, अभिभावकीय भूमिका दिएको संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति भएन भने अस्थिर राजनीतिक परिवेशमा अलि प्रतिकुल असर पर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस