रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरू खाजापछि छलफलमा जुटेका हुन् ।

गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेस भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस