रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आउन बाकी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आउन बाकी


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरू आशिष अधिकारी, सुदिग्य पन्च, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।

यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ । यससँगै न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वेश्वरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यसअघि बुधबार पनि पक्ष र विपक्षमा बहस भएको थियो भने सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस