स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

झुट्टा बिल भरपाई तयार गरी भुक्तानी लिन-दिने गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अङ्गद बहादुर शाही र तत्कालीन स्टोर किपरसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

स्वास्थ्य प्रमुख शाही र स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटि ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा  खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिन-दिने गरेको अख्तियारको ठहर छ ।  

यसैगरी बाँकेको डुडुवा गाउँ कार्यपालिकाको कार्यालयमा सी.अ.हे.व. छैटौँ पदमा कार्यरत सिताराम चौधरीले सञ्चालनमा नै नरहेको फार्मेसी सञ्चालनमा रहेको भनी अनधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको आरोपमा प्रतिवादीहरू अङ्गद बहादुर शाही र गोविन्द खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस