जनमत पार्टीका अब्दुल खानले आजदेखि खानेपानी मन्त्रालय सम्हाल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनमत पार्टीका अब्दुल खानले आजदेखि खानेपानी मन्त्रालय सम्हाल्ने


११ माघ २०७९, बुधबार


काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आज खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।

विना विभागीय मन्त्रीका रूपमा पुस १० गते शपथ ग्रहण गरेको ठिक एक महिना पछि उनले खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका हुन् ।

माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर सहमतिअनुसार उद्योग मन्त्रालय नपाएका कारण मन्त्री खानले खानेपानी मन्त्रालय अस्वीकार गरेका थिए ।

उद्योग मन्त्रालय पाउनुपर्छ भन्दै जनमत पार्टीले एक सातादेखि प्रधानमन्त्री प्रचण्डसँग वार्ता र छलफल गर्दै आएको थियो । तर उद्योग मन्त्रालयमा सहमति हुन सकेन । उद्योग मन्त्रालयमा सहमति हुन नसके पछि अहिलेलाई खानेपानी मन्त्रालयकै कार्यभार सम्हाल्ने निर्णयमा पुगिएको मन्त्री खानको निजी सचिवालयले जानकारी दिएको छ ।

जनमत पार्टीले उद्योग मन्त्रालय नभए खानेपानी मन्त्रालयसँग थप कुनै एउटा मन्त्रालय दिए मात्र सरकारमा सहभागी हुने अडान राख्दै आएको थियो । तर सो पार्टीले आज खानेपानी मन्त्रालयमै चित्त बुझाएर कार्यभार सम्हाल्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस