कामपाले सुरु गर्‍यो डिजिटल प्रणालीमार्फत राजस्व सङ्कलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कामपाले सुरु गर्‍यो डिजिटल प्रणालीमार्फत राजस्व सङ्कलन


१० माघ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डिजिटल प्रणालीमार्फत राजस्व सङ्कलन गर्न सुरु गरेको छ ।

मङ्गलवार वडा नम्बर ५ बाट डिजिटल प्रणालीमार्फत राजस्व असुल्न सुरु भएको मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।

मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘मङ्गलवारदेखि हामीले वडाबाट नै डिजिटल प्रणालीमार्फत राजस्व असुल्ने कामको सुरुवात गरेका छौँ, ३२ वटै वडामा यो प्रणाली लागु गर्ने तयारी भइरहेको छ ।’

शाहका अनुसार ५ नम्बर वडा कार्यालयमा पहिलो दिनमै १० जनाले डिजिटल प्रणालीबाट राजस्व तिरेका छन् । सम्पत्ति कर, नाता प्रमाणित, बहाल कर, व्यावसायिक लगायतका कर डिजिटल प्रणाली मार्फत असुलिएको उनले बताए । वडा कार्यालयका अनुसार डिजिटल प्रणालीबाट पहिलो दिन करिब ८४ हजार राजस्व सङ्कलन भएको छ ।

महानगरले चालु आर्थिक वर्षको नीति कार्यक्रममा राजस्व प्रशासनलाई न्यायोचित, पारदर्शी र वैज्ञानिक बनाउने भन्दै करदाताको छुट्टै विद्युतीय लगत बनाउने र कर सङ्कलन अनलाइन प्रणालीलाई सुधार गर्दै जाने घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस