टुङ्गियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टुङ्गियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय ?


प्रशासन संवाददाता

१० माघ २०७९, मंगलबार


सुर्खेत । कर्णालीमा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ ।

मङ्गलवार (आज) उक्त २ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन्।

माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिएको छ भने, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिएको छ ।

बुधबार (भोलि) मन्त्रिमण्डल विस्तार गरिने सहमतिसमेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस