२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा नेपालको महाधिवेशन २०८० फागुनमा, यी हुन् केन्द्रीय समिति बैठकका १३ निर्णयहरू

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ।

सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक विभिन्न १३ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौँ’ भन्ने सङ्कल्पका साथ सुरु भएको बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

यसैगरी, उपाध्यक्ष डा। विष्णु भण्डारीले निर्वाचन समीक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राले सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण सम्बन्धी कार्य योजना, महामन्त्री राजाराम बर्तौलाले सङ्गठन सुदृढीकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकले ती प्रतिवेदन परिमार्जनसहित पारित गरेको महामन्त्री बर्तौलाले बताए।

बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धी विधानको दफा ३९ मा संशोधन गरेको छ।

निर्वाचनमा पराजयबीच राप्रपा नेपालले अवलम्बन गरेको दर्शन, विचार र एजेन्डाको औचित्य र महत्त्व अझ टड्कारो रहेकोले आगामी दिनमा राप्रपा नेपाल कसैसँग आत्मसमर्पण गर्ने वा कसैमा विलयमा हुनेबारे सोच्न पनि सकिँदैन भन्ने बैठकले ठहर गरेको छ। आगामी दिनमा राप्रपा नेपाल नेपाली राजनीतिमा अलग पहिचान र सु स्पष्ट विचार बोकेको दलको रूपमा अघि बढ्ने बैठकले निर्णय गरेको छ।

बैठकले कोरा साम्यवाद, समाजवाद वा पुँजीवादजस्ता विचारहरू विश्वव्यापी रूपमा नै असफल हुँदै गएको तथा नेपालमा समेत सात दशकको अभ्यास र अनुभवबाट यी मान्यताहरूले सामाजिक र आर्थिक क्षेत्रमा सुधार गर्न नसकेको निष्कर्ष निकालेको छ।

राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दु राष्ट्र र उदार अर्थतन्त्रको मान्यतामा आधारित ‘सम्बर्द्धनवाद’लाई राष्ट्रिय राजनीतिको मूल वैचारिक धारमा स्थापित गर्न पार्टी प्रतिबद्ध रहने निर्णय बैठकले गरेको छ।

बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दु राष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापी जनसङ्घर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।