प्रदेशको मन्त्रालय घटाउँदा सकारात्मक सन्देश प्रवाह : देवकोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशको मन्त्रालय घटाउँदा सकारात्मक सन्देश प्रवाह : देवकोटा


१० माघ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले सातै प्रदेशले मन्त्रालयको सङ्ख्या घटाउँदा राम्रो भएको बताएका छन् । संसद् बैठकमा बोल्दै देवकोटाले प्रदेशको मन्त्रालय घटाउँदा सकारात्मक सन्देश प्रवाह भएको बताए ।

‘यो व्यवस्थामा जनताले अपेक्षा गरेको सुविधा पाएनन् । जनताले खोजे अनुसारको सर्भिस दिन स्थानीय तह, प्रदेश र संघीय सरकार बनायौँ । तीनवटै सरकारको लक्ष्मण रेखा कोरिएको छ । संविधानको लक्ष्मण रेखाभित्र रहेर तीन तहका सरकारले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेको पायौँ’ देवकोटाले भने, ‘अध्यक्षसहित सातै वटै प्रदेशमा गयौँ । सातै प्रदेशमा घनिभूत छलफल गरियो । पालिकामा गएर पनि धेरै विज्ञहरूसँग छलफल गर्‍यौँ । सबैसँग छलफल गरेका हौँ । अहिले प्रदेशका मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । सबै प्रदेशले मन्त्रालयको सङ्ख्या घटाउनु भएको छ । उहाँहरूलाई एकदमै धन्यवाद छ ।’

आफूहरूले प्रदेशहरूसँग छलफल गरेपछि नतिजा आएको हुन सक्ने देवकोटाले बताए । ‘हामीले अरू देशेको प्राक्टिस पनि हेर्‍यौँ । भारतको दिल्लीको सभाको संविधानले स्पष्ट रूपमा लेखेको छ । संविधानमा सभाको १० प्रतिशत मात्रै मन्त्री बनाउने व्यवस्था छ । दिल्लीको जनसङ्ख्या कूल एक करोड छ । दिल्लीमा मुख्यमन्त्री सहित सात जना मन्त्री भन्दा बढी छैनन्’ देवकोटाले भने, ‘नेपालको संविधान बमोजिम प्रदेश सभाको २० प्रतिशत मन्त्री हुन पाउने व्यवस्था छ । त्यो पनि धेरै हुन पुग्यो । अहिले मन्त्री घटाउने निर्णयले धेरै खर्च बचत हुन पुग्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस