बढ्यो कुमारी बैङ्कको नाफा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बढ्यो कुमारी बैङ्कको नाफा


१० माघ २०७९, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म कुमारी बैङ्क लिमिटेडले एक अर्ब एक करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसको नाफा ६.३४ प्रतिशतले वृद्धि भएको हो ।

यो बैङ्कले एनसीसी बैङ्कलाई मर्जर गरी गत पुस १७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । गत वर्षको पुस मसान्तसम्म यो बैङ्कले ९५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैङ्कले खुद ब्याज आम्दानीबाट चार अर्ब २४ करोड ६ लाख रुपैयाँ कमाइ गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म यो बैंकाले खुद ब्याज आम्दानीमार्फत दुई अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कमाइ गरेको थियो ।

त्यस्तै, बैङ्कले एक अर्ब ५७ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । त्यसै गरी बैङ्कको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । बैङ्कले जगेडा कोषमा १२ अर्ब पाँच करोड ७७ लाख रुपैयाँ रकम जम्मा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस