आयात २० प्रतिशतले घट्दा निर्यात ३२ प्रतिशतले गिरावट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आयात २० प्रतिशतले घट्दा निर्यात ३२ प्रतिशतले गिरावट


९ माघ २०७९, सोमबार


काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा गतवर्षको तुलनामा २०.६८ प्रतिशतले आयात घटेको छ ।

सरकारले पुस मसान्तसम्म आयातमा प्रतिबन्ध लगाउने तथा आयात गर्नका लागि नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । पुससँगै आयातमा लागेको प्रतिबन्ध तथा केही दिन अगाडि राष्ट्र बैङ्कले नगद मार्जिनको व्यवस्था समेत हटाएको छ ।

२० प्रतिशतले आयात घट्दा निर्यात ३२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष ६ महिनामा एक खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षमा ८० अर्ब रुपैयाँको निर्यात भएको छ ।

आयात घट्दा चालु आर्थिक वर्षमा गतवर्षको तुलनामा व्यापार घाटामा सुधार भएको छ । ६ महिनामा ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।

६ महिनामा ७ खर्ब ९२ अर्ब रुपैयाँको आयात हुँदा सरकारले एक खर्ब ८२ अर्ब रुपैयाँ सरकारले राजस्वबापत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस