२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य निरीक्षकको मृत्युले स्वास्थ्य क्षेत्रमा अपुर्णीय क्षति

अ+ अ-

कर्णाली । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरूको मृत्युले स्वास्थ्य क्षेत्रमा अपुर्णीय क्षति पुगेको छ ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरूको मृत्यु भएको घटनालाई लिएर विभिन्न निकाय, सङ्घ/सङ्गठनले शोक विज्ञप्ति निकालेका छन् ।

उक्त दुर्घटनामा परी स्वास्थ्यकर्मीहरू दैलेख डुङ्गेश्वर गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपेन्द्र जङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी घाइते भएका थिए ।

सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरूको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठुलो क्षति पुगेको बताइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार घाइते भई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएका गाडी चालक सञ्चालक वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने सागर शाहीसहित तीन निरीक्षकको आइतबार बिहान ५ बजे मृत्यु भएको थियो ।

भैरवी गाउँपालिका–५ दैलेख स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक २६ वर्षीय वीरेन्द्रराज शाहीको भने थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट अन्यत्र रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखाका प्रमुखहरूलाई शनिबार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीका लागि वीरेन्द्रनगरमा बोलाएको थियो । यसैगरी नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरूको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा आएको जनाइएको थियो ।

कार्यक्रम सम्पन्न भएपछि उनीहरू बेलुकाको खाना भेरीगङ्गा नगरपालिका–१ मा खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए । मृतक सबैको सुर्खेतस्थित प्रदेश अस्पतालमा शव परीक्षण गरी आइतबार नै परिवारलाई बुझाइएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस