सत्ता सहकार्यलगायतका विषयमा जनमत र जसपाबीच छलफल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सत्ता सहकार्यलगायतका विषयमा जनमत र जसपाबीच छलफल


८ माघ २०७९, आइतबार


काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् । 

बालकुमारीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा मधेस सरकार गठनमा मन्त्रालयको बाँडफाँट र मधेसमा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको बताइएको छ ।

मधेस प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भनी जसपा र जनमतबीच सहमति भएको छ । जसपाले सुरुको चरणमा मुख्यमन्त्री बनाएको छ । मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ । मन्त्रालय बाँडफाँटको विषयमा पनि छलफल भएको बताइएको छ । 

त्यस्तै, मधेसमा रहेका दलहरूको बीचमा एउटा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको स्रोतको दाबी छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस