बैंकिङ कसुर मुद्दाका फरार १ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकिङ कसुर मुद्दाका फरार १ जना पक्राउ


८ माघ २०७९, आइतबार


पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दा लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भएको थियो ।

फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँबाट बिहीबार पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ बबरमहल पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस