२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता परिचयपत्र छ, नागरिकता छैन

अ+ अ-

चितवन । चितवनको खैरहनी नगरपालिका-१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन् । उनीहरूसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन । खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौँदेखि नागरिकताविहिन छन् । उनीहरूको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो । बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्म दर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सकेनन् । वर्षौँदेखि आफ्ना पुर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उनी बताउँछन् ।

‘नागरिकता नहुँदा छोराछोरीको जन्म दर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,’ माझीले भने । नागरिकता नहुँदा दैनिक मजदुरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उनको गुनासो छ । यस्तै गुनासो सुनाउँछन्, ५५ वर्षीया एमपी माझी । ‘लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ ।’ उनले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरूलाई किन चाहियो नागरिकता’ उल्टै प्रश्न गर्ने गरेको दुःखेसो पोखे ।

नागरिकता नहुँदा छोराछोरीको जन्म दर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताउँछन् । उनले भने, ‘नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे । कमाएको पैसा बचत गर्न सकिन्थ्यो ।’ नागरिकता नहुँदा आफूहरू ठगिएको स्मरण गर्दै उनले भने, ‘हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामूहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर फरार भयो ।’

आफूहरूसँग मतदाता परिचय पत्र भने भएको उनले बताए । हरेक निर्वाचनमा साबिकको कठार गाउँपालिकाबाट मतदान गर्दै आएका छन्, तर नागरिकता बनाउन खोज्दा समस्या भएको माझीको भनाइ छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको मुसहर समुदायलाई व्यवस्थितरुपमा राख्नका लागि २०७६ सालमा जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गरिएको थियो ।

एकीकृत बस्ती निर्माण भएर सुरक्षित बसोबासको व्यवस्था भए पनि आफूहरू नागरिकताबाट वञ्चित भएको २५ वर्षीय प्रकाश माझी बताउँछन् । वडा कार्यालय र राजनीतिक दलहरूले आफ्नो समस्याप्रति बेवास्ता गरेको उनको गुनासो छ । माझीले भने, ‘विदेश गएर कमाउन पनि नागरिकताका कारण सकिएको छैन ।’ एकीकृत मुसहर बस्तीमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन् । एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन् । बालबालिकाको जन्म दर्ता नहुँदा उनीहरू शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीले पालिका र प्रशासनसँग समन्वय गरी नागरिकता बनाउने काम अघि बढाउने बताए । ‘मुसहर बस्तिका बासिन्दाको जीविकोपार्जनका लागि आत्मनिर्भरका कार्यक्रम ल्याउँदै छौँ’, उनले भने । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले वंशज खुल्ने कागजपत्र नभएका कारण नागरिकता नपाएको हुनसक्ने बताए । उनले भने, ‘पुर्खाको पालादेखि बसोबास गरेको हकमा हामी नागरिकता दिन सक्छौँ ।’वडा कार्यालयबाट सिफारिस आए सहज रूपमा नागरिकता दिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस