मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् ।

शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले शरीरका सबै अंग दान गर्ने घोषणा गरेका हुन् ।

अंग दानको घोषणा गर्दै उनले भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिङ्गो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’

Tags :
प्रतिक्रिया दिनुहोस