सभामुख घिमिरेको शपथ ग्रहण आज, आजै पद बहाली गर्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सभामुख घिमिरेको शपथ ग्रहण आज, आजै पद बहाली गर्ने


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनले शपथ लिने कार्यक्रम तय भएको छ ।

शपथग्रहण लगत्तै उनले लैनचौरस्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनले आजै मध्यान्ह १२:३० मा पद बहाली गर्नेछन् ।

बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको साथमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस