स्रोत नखुलेको साढे १० लाखसहित दुई जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्रोत नखुलेको साढे १० लाखसहित दुई जना पक्राउ


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका-१२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद १० लाख ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्य विनायक नगरपालिका-२ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा पन्थको साथबाट श्रोत नखुलेको २ लाख १० हजार रुपैयाँ र त्रिपाठीको साथबाट ८ लाख २३ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता वीरगन्ज महानगरपालिका–१६ शङ्कराचार्य गेटबाट प्रतिबन्धित ५ सय दरको नोट २ सय थान सहित सोही महानगरपालिका–१ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनामलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा पाइन्टको खल्तीबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो । बरामद रुपैयाँ सहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस