हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटनमन्त्री किराती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटनमन्त्री किराती


५ माघ २०७९, बिहिबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै किरातीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका हुन्।

‘पोखरामा भएको जहाज दुर्घटनाप्रति सरकार दु:खी छ। हवाई क्षेत्रमा पूर्वाधार सुधार गर्दै यस सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर छ,’ उनले भने।

मन्त्री किरातीले मृतकहरूको श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्। संसदमा नेपाली कांग्रेसले दुर्घटनाबारे जानकारी दिन माग गरेका गरेपछि पर्यटनमन्त्रीले जवाफ दिएका हुन्।

पोखरा जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको उनले बताए। एक जना शिशुको शव खोजी कार्य जारी रहेको किरातीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस