मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु


५ माघ २०७९, बिहिबार


काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस