सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन काँग्रेसको ‘ह्विप’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन काँग्रेसको ‘ह्विप’


४ माघ २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस संसदीय दलले ‘ह्विप’ जारी गरेको छ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘ह्विप’ जारी गरेका हुन्। काँग्रेसले आफ्ना सांसदलाई तटस्थ नरहन र आफ्नो पार्टीका उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। काँग्रेसका तर्फबाट न्यौपाने सभामुखको उम्मेदवार बनेकी छन्।

यससँगै काँग्रेस सांसदलाई सभामुखका अर्का उम्मेदवार देवराज घिमिरेको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ। सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एमाले) सांसद घिमिरेले सभामुखमा उम्मेदवारी दिएका छन्।

प्रतिनिधि सभामा माघ ५ गते सभामुखको निर्वाचित हुँदै छ। यसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस