गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्छौँ : गृहमन्त्री लामिछाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्छौँ : गृहमन्त्री लामिछाने


४ माघ २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् ।

बुधबार सिंहदरवारमा गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा उनले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको बताए ।

अब गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न मन्त्रालय सक्षम रहेको उनको भनाइ छ ।

उनले विदेशमा रहेका नेपालीको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानीका लागि गैर आवासीय नेपालीको कानुनी र व्यावहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनले उल्लेख गरे ।

उनले नागरिकताको विषय समाधान भएपछि गैर आवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुङ्गिने बताए ।

सङ्घका अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्यालगायत नेपालको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र गृहमन्त्रीले समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

सङ्घले गरेको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भएका विषय र अबका दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा सङ्घका तर्फबाट गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र पनि बुझाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस