काठमाडौँ महानगरद्वारा १४५ शिक्षक माग  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरद्वारा १४५ शिक्षक माग 


४ माघ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसइई नतिजा सुधार गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरूमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको जनाएको छ ।

विभागले त्यसको लागि खुला विज्ञापन गरेको छ । विभागले गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच/पाँच जना माग गरेको छ । शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

त्यस्तै विभागले शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०-६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस