भ्रष्टाचार न्यूनीकरण, उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान : मुख्यमन्त्री यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार न्यूनीकरण, उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान : मुख्यमन्त्री यादव


४ माघ २०७९, बुधबार


जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै प्रदेशमा भ्रष्टाचार न्यूनीकरणका लागि ठोस कदम तत्काल चाल्ने बताएका छन् ।

बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री यादवले प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिने बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा बिचौलियाबाट हुने विकास निर्माणको काम रोकेर सांसदकै निगरानीमा योजना अगाडि बढाउने यादवले प्रतिबद्धता जनाए ।

प्रदेशको विकासमा सबै दलको साझा धारणा बनाएर काम गर्ने भन्दै विश्वासको मत दिन सांसदहरूसँग आग्रह गरे । प्रदेशसभामा मुख्यमन्त्री राउतले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस