सभामुख पदमा उम्मेदवारी दिने काँग्रेसको निर्णय, उम्मेदवार टुङ्गो लगाउन बैठक बस्दै  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख पदमा उम्मेदवारी दिने काँग्रेसको निर्णय, उम्मेदवार टुङ्गो लगाउन बैठक बस्दै 


४ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीबाट सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।

तर उम्मेदवार भने तय भइसकेको छैन।

बुधबार दिउँसो १ बजे पार्टी संसदीय दल सिंहदरवारमा बस्ने बैठकले सभामुख उम्मेदवार टुङ्गो लगाउने तयारी छ।

सभामुख पदका लागि सांसदहरू ईश्वरी न्यौपाने र अम्बिका बस्नेतको नाम काँग्रेसभित्र चर्चामा छ। 

पदाधिकारी बैठकमा सभापति देउवाले महिला सांसदमध्येबाट सभामुख उम्मेदवार बनाउने सङ्केत गरेका थिए।

न्यौपाने कैलालीकी हुन्। उनी काँग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्। उनी सभापति देउवानिकट छिन्।

यस्तै बस्नेतको नाम पनि सभामुख उम्मेदवारका रूपमा चर्चामा छ। उनी काँग्रेस केन्द्रीय सदस्य हुन्। उनी सभापति देउवानिकट छिन्। उनले पनि महिला संघमा काम गरेकी थिइन्। उनी २०७० र २०६४ मा पनि सांसद थिइन्। 

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसदीय दल बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताए।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले अरू दलहरूसँगको सहयोगमा सभामुख उम्मेदवार उठाउने तयारी रहेको बताए। सभापति देउवाले आज बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग पनि सभामुख निर्वाचनबारे कुराकानी गरेका थिए।

उनीहरूबीच मिलेर जाने विषयमा कुराकानी भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस