कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै


४ माघ २०७९, बुधबार


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन् । प्रदेशसभा सचिवालय स्रोतका अनुसार मङ्गलवार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्।

‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले हिजो मङ्गलवार साँझ ५ बजे पत्र दर्ता गराउनु भएको छ,’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घण्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । त्यसका लागि भोलि साँझ ५ बजे ४८ घण्टा पुग्छ । सरकारले चाहेको खण्डमा हामी भोलि साँझ पनि विश्वासको मत प्रयोजनका लागि सदन सुचारु गर्न सक्छौँ । उहाँहरूले जहिले भन्नु हुन्छ हामी सदन सञ्चालन गर्न तयार छौँ ।’

प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरूबिच छलफल गर्ने बताए । ‘भोलि नै विश्वासको मत लिने वा पर्सि लिने यो विषयमा छलफल गर्छौँ,’ मुख्यमन्त्री शर्माले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस