नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध


३ माघ २०७९, मंगलबार


नेपाल टेलिकम

काठमाडौँ । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्ड लाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो ।

उपभोक्ताहरूले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले अहिलेसम्म सेवा अवरुद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।

नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस