माओवादीबाट मन्त्री बन्नेको मन्त्रालय टुंगो लाग्यो, राज्यमन्त्रीमा श्रीपाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादीबाट मन्त्री बन्नेको मन्त्रालय टुंगो लाग्यो, राज्यमन्त्रीमा श्रीपाली


३ माघ २०७९, मंगलबार


काठमाडौँ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेहरूको जिम्मेवारी टुंगो लागेको छ । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी लिइसकेका छन् ।

माओवादीबाट मंगलबार थप तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ तथा पदभार ग्रहण गर्दैछन् । त्यसमा रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार बिहान बसेको पदाधिकारीको बैठकले सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले राज्यमन्त्रीमा सुशीला श्रीपालीलाई पठाउने निर्णय गरेको छ । श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस