३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा आज सभामुखको निर्वाचन हुँदै

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो । आज मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो ।

सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् । दुवैजना पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस