विमान दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको गरियो परीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विमान दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको गरियो परीक्षण


२ माघ २०७९, सोमबार


काठमाडौँ । यती एयरलाइन्सको आइतबार भएको दुर्घटना लगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडान पूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत निरौलाले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस