अभिषेक गिरीलाई भीमफेदी कारागारमा सारिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अभिषेक गिरीलाई भीमफेदी कारागारमा सारिने


२ माघ २०७९, सोमबार


विराटनगर । जिल्ला कारागार मोरङ आएका कैदी अभिषेक गिरीलाई मकवानपुरको भिमफेदी कारागार सारिने भएको छ ।

डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ ल्याइएका गिरीलाई मोरङ कारागार हाजिर भए लगतै चौकीदारको जिम्मेवारी दिइएको थियो । आइतबार गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरणको पत्र मोरङ आएको हो ।

विवादास्पद छविका गिरी ‘गुण्डा नाइके’ हुन्। कारागारबाट उनले विराटनगर बजारमा चन्दा आतङ्क मच्चाएको आरोप छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद भुक्तान अवधि एक महिना मात्रै बाँकी छ । एक महिना कैद बाँकी रहेको अवस्थामा भिमफेदी कारागार स्थानान्तरणको पत्र आएको जिल्ला कारागार मोरङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस